arrow

गोल्डम्यानको सूचकाङ्कले देखायो चीन-ताइवान तनाव दशककै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
chinese jet militry plane warship in taiwan.jpg

काठमाडौं । गोल्डम्यान सैक्स ग्रुप इंकले चीन र ताइवानबीचको तनाव विगत एक दशकमा सबैभन्दा उच्च भएको बताएको छ । यसले सिर्जना गरेको दुई नयाँ सूचकहरूको आधारमा अहिले यो टापुको इक्विटीमा ठूलो मात्रामा मूल्य निर्धारण गरिएको छ। 

गत फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेयता भूराजनीतिक तनावमा समाचार लेखहरू ट्र्याक गर्ने क्रस स्ट्रेट जोखिम सूचकाङ्क उच्च बिन्दुमा पुगेको छ । यस्तै ताइवान इक्विटीहरूसँगको उल्टो सम्बन्ध समेत बढेको सूचकाङ्कले देखाएको छ ।

 'यसले सुझाव दिन्छ कि फराकिलो ताइवान बजारले पछिल्लो दशकमा पहिलो पटक क्रस स्ट्रेट जोखिममा मूल्य लिन थालेको छ,'  हङकङका राजनीतिज्ञ एल्भिन सो र सिंगापुरका टिमोथी मोले आफ्ना क्लाइन्टलाई लेखेको एउटा नोटमा उल्लेख छ ।

गोल्डम्यानले दोस्रो सूचक क्रस स्ट्रेट रिस्क ब्यारोमिटर पनि सिर्जना गरेको छ । जसले ताइवानका टेक निर्यातकर्ताहरू चीनसँगको एक्सपोजर र पर्यटन स्टकहरू जस्ता भेरिएबलमा आधारित बजार निहित जोखिमहरू मापन गर्दछ। 

विश्लेषकहरूले दुवै गेजहरू विगत तीन महिनामा बढेको बताएका छन् । लगानीकर्ताहरूले उच्च क्रस स्ट्रेट जोखिममा तीव्र मूल्य लिएको र अहिले ती दुवै उचित मूल्यमा पुगेको विश्लेषकहरूको भनाइ छ ।

ताइवान स्ट्रेटमा सार्वभौमसत्ता दाबी गर्दै उक्त जलीय क्षेत्र अन्तर्राष्ट्रिय नभएको भन्दै चीनले पछिल्ला महिनाहरूमा ताइवानतर्फ आफ्नो बयान बाजी बढाएको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा आक्रमण गरे अमेरिकाले सहयोग गर्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ