arrow

गुन्द्रुक र सिन्कीको ब्रान्डिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
gundruk-sinki.jpg

इलाम । जिल्लाको रोङ गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि उत्पादन बिक्री विवरणको आधारमा प्रतिकेजी अनुदानको ब्यवस्था मिलाउने नीति तथा कार्यक्रम ल्याएको छ ।

एक वडा एक सहकारी बनाउन सहकारी मर्ज नीतिसहित बलियो सहकारीको परिकल्पना सहित किसानको छरिएर रहेको कृषि उत्पादनलाई सहकारीले खरिद, प्याकेजिङ्ग र बजारीकरण गर्नुपर्ने र उक्त सहकारीको खरिद विवरणको आधारमा रु ८० प्रतिकेजी अनुदान दिँदै प्याकेजिङ्ग र बजारीकरणमा सहयोग गर्ने नीति अवलम्बन गरेको हो ।

किसानलाई उत्पादनमा सहयोग गर्न सहकारीमार्फत सहुलियत कर्जाको आवश्यक सहजीकरण गरिदिने तर स्थानीय सरकारले उत्पादनपछि मात्र सहकारीमार्फत अनुदान दिँदा अनुदानको दुरुपयोग नहुने भएकोले यो नीति लिएको बताइन्छ । 

यो वर्ष गुन्द्रुक र सिन्कीबाट शुरु गरेर आगामी दिनमा अन्य उत्पादनलाईसमेत यसरी नै व्यवस्था मिलाउँदै लगिने पालिकाले जनाएको छ । गाउँमा छरिएर रहेको कृषि उत्पादनलाई सहकारीले खरिद गर्ने कार्यमासमेत आवश्यक परे गाउँपालिकाले सहयोग गर्ने भएको छ । 

त्यसरी सहकारीले खरिद गरेको उत्पादनको बजारीकरणमा पालिका आफैं लागिपरेर देशका विभिन्न  सुपरमार्केट रोङ गाउँपालिकाको गुन्द्रुक र सिन्की ग्राहकले खरिद गर्न पाउने गरिको योजना बनाइएको हो । 

गुणस्तरीय उत्पादनको लागि बीउ तथा तालिमकोसमेत सहकारीमार्फत व्यवस्था गरिने जनाइएको छ । 

नेपालमा वार्षिक करोडौंको गुन्द्रुक आयात भइरहेको बताइरहँदा स्थानीय तहमा पालिकाहरुले यो किसिमको अनुदान दिने हो भने घरेलु उत्पादनको प्रयोग त बढ्ने थियो भने आयात पनि कम हुने अपेक्षा गरिएको छ । 



नयाँ