arrow

नेपालमा कोरोनाको नयाँ प्रजाति, ओमिक्रोनको यो झन् खतरनाक भेरियन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
omicron.png

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित  धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जिन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । 

उनका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (बीए५) हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए । 

“हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ”, उनले भने, “कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्ने बारमा हामीले अध्ययन गरिरहेका छौँ ।”

नेपालमा यसभन्दाअघि ओमिक्रोनको  बीए२ प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ । 

निर्देशक डा दासले एक–दुई दिनमा काठमाडौँमा गरिएको जिन सिक्वेन्सिङबारे थाहा हुने बताए ।

नेपालमा केही दिनदेखियता यसको सङ्क्रमण दर बढिरहेको छ । 

अहिले भेटिएको नयाँ भेरियन्ट पहिलेको भन्दा खतरनाक भएको बताइएको छ । बीए२ भन्दा यो बीए५ थप आक्रामक पाइएको हो । 

अहिलेको भेरियन्टले संक्रमणका कारण र खोपका कारण शरीरमा विकसित प्रतिरक्षा क्षमता छल्न सक्षम रहेको दाबी गरिएको छ ।

नयाँ सब–भेरिएन्ट पाइएको पुष्टिसँगै मास्कलगायत स्वास्थ्य मापदण्ड पालनामा खेलाँची गर्न नहुने चिकित्सकहरुले बताएका छन् । सन् २०२२ को फेब्रुअरीमा दक्षिण अफ्रिकामा देखिएको बीए४, र बीए५ सब–भेरिएन्ट त्यसपछि अन्य मुलुकहरूमा समेत देखिँदै आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ