arrow

मुद्रण उद्योग महासंघ गण्डकीमा वसन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
basanta banstola.jpg

पोखरा । मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका वसन्त बाँस्तोला निर्वाचित भएका छन् । महासंघको दोश्रो अधिवेशनले बाँस्तोलालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा स्याङ्जाका सुदर्शन रेग्मी र मुस्ताङका भीम रसाइलीलाई निर्वाचित गरेको छ । महासंघको महासचिवमा कास्कीका मनोहर दाहाल, सचिवमा म्याग्दीका भीम शर्मा, कोषाध्यक्षमा गोर्खाकी कोपिला श्रेष्ठ, सह-कोषाध्यक्षमा सूर्य पौडेल छन् । 

यसैगरी सदस्यहरुमा घनश्याम गौतम, पुनम गुरुङ, गोविन्द सिग्देल, नविन श्रेष्ठ, सन्दिप खत्री, माधव तिवारी, गीता खनाल छन् ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै महासंघका केन्द्रीय अध्यक्ष खुमाकान्त रेग्मीले मुद्रण उद्योगमा हजारौं व्यक्तिले रोजगारी पाए पनि राज्यका निकायले उद्योगी व्यवसायीलाई पल्ने काम गरिरहेको बताए । 

उनले मुद्रण उद्योगीका समस्या निकै विकराल रहेको स्पष्ट पार्दै समस्या समाधानमा आफू लागिरहेको बताए । सरकारले कागजको भन्सार शुल्कमा मूल्य वृद्धि गरेर यस क्षेत्रका उद्योगी व्यवसायीलाई पलायन गराउने प्रयत्न गरेको आरोप लगाए । 

केन्द्रका वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले रोजीरोटी प्रदान गर्ने आफ्नो पहिलो समय आफ्नै व्यवसायिक संस्थामा छुट्टयाउन आग्रह गर्दै सरकारले कागजमा लगाएको भन्सारमा गम्भीर ध्यानाकर्षण भएको जनाए ।

केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायी बिचको आपसी एकताले नै सबैको हित हुने बताए । उपमहासचिव अर्जुन भुषाल, केन्द्रीय सचिव जीवन गोर्खालीले अबको आन्दोलन सरकारसंग हुनुपर्नेमा जोड दिए । 

कास्की जिल्ला अध्यक्ष किरणलाल श्रेष्ठले कास्की जिल्लाले उत्पादन गरेको प्रिन्ट प्याक म्यानेजरको सफ्टवयरले व्यवसायीहरुलाई काममा सहजता ल्याएको उल्लेख गरे । उनले यो सफ्टवयर नेपालभरिका व्यवसायीले प्रयोग गर्न मिल्ने भएको हुँदा केन्द्रले पनि सर्कुलर गरिदिनुहुन आग्रह गरे ।

संस्थाका अध्यक्ष महेन्द्र बजीमयको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला उपाध्यक्ष चिन्तामणि बास्तोलाले पनि बोलेका थिए । कार्यक्रममा कार्यकालको उत्कृष्ट संयोजकको रुपमा मनोहर दाहाललाई सम्मान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ