- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै संलग्नता नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले चुनौती दिँदै भने ‘एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण संसद्मा पेस गरियोस् । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन ।’
सरकारप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘इनफ भएपछि बोल्न आएको हुँ, अब चाहिँ अति नै भयो । मन्त्रीहरू र सत्तापक्षका सांसदले जथाभाबी बोल्दै हिँडे ।’