arrow

सरकारले नागरिकता विधेयक फिर्ता लिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । सरकारले संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । 

विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधि सभामा नागरिकता विधेयक दर्ता गरेको थियो । 

विधेयकमाथि प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेको थियो । प्रतिवेदन प्रतिनिधि सभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय लिएको हो ।

सत्ताधारी पाँच दलीय गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

विधेयक बुधबार बस्ने प्रतिनिधि सभा बैठकबाट फिर्ता लिने तयारी सरकारको रहेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ