arrow

चीनले चन्द्रमा कब्जा गर्न सक्ने नासाको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
moon-dark-side.jpg

काठमाडौं । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका प्रमुखले चीनले अन्तरिक्ष कार्यक्रमको हिस्साको रूपमा चन्द्रमा कब्जा गर्न सक्ने चेतावनी दिएका छन् ।

नासाका प्रमुख बील नेल्सनले जर्मन पत्रिका बिल्डसँग शनिवार एक अन्तर्वार्तामा बोल्दै आफू चीनको अन्तरिक्ष महत्त्वाकाङ्क्षाबाट चिन्तित भएको बताएका थिए ।

उनले बेइजिङको चन्द्रमा अन्वेषण योजनाका बारेमा बोल्दै भनेका छन्,'हामी धेरै चिन्तित हुनुपर्छ कि चीन चन्द्रमामा अवतरण गर्दैछ र भन्दै छ : यो हाम्रो हो, तपाईँ बाहिर बस्नुहोस् ।'

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार पत्रकारहरूसँग बोल्दै नासाका प्रशासक बिल नेल्सनको टिप्पणी गैर जिम्मेवार भन्दै कडा आलोचना गरेका छन् ।

विगत एक दशकमा आफ्नो अन्तरिक्ष कार्यक्रमको गतिलाई तीव्र पारेको चीनले चन्द्रमाको अन्वेषणलाई केन्द्रित बनाएको छ।

चीनले सन् २०१३ मा पहिलो पटक यात्रुबिनाको यानलाई चन्द्रमामा अवतरण गरेको थियो । यसै दशकमा चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा यात्रु बिनाको यान पठाउने योजना बनाएको छ ।

यसले यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पठाउन पर्याप्त शक्तिशाली रकेटहरू प्रक्षेपण गर्ने योजना पनि बनाएको छ र सन् २०३० को आसपासमा मङ्गल ग्रहको नमूना फिर्ता अभियानमा पनि आफ्नो दृष्टि राखेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ