arrow

इटालीको भूकम्पमा परी मृत्यु हुनेको संख्या २६८ पुग्यो, प्रभावित क्षेत्रमा संकटकाल घोषणा

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
Italy.jpeg
काठमाडौं । इटालीमा बुधवार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या २६८ पुगेको छ भने ४ सय बढी घाइते भएका छन् । साथै भूकम्प प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरिएको छ । 
 
भूकम्प पछि इटालीका प्रधानमन्त्री रेन्जीले पूननिर्माणको लागि ५० मिलियन यूरोको कोष जम्मा गरिने प्रतिबद्दता जनाएका छन् । साथै रेन्जीले प्रभावित क्षेत्रमा थप राहात पठाउने पनि जनाएका छन् । 
 
शुक्रबार बिहान पनि ४.७ म्याग्नेच्युडको पराकम्पन गएको थियो। बुधबारदेखि अहिलेसम्म ५ सय बढी पराकम्पन गइसकेको छ । पटक-पटक आउने पराकम्पनका कारण उद्दार कार्यमा बाधा पुगेको छ । 
 
उद्दार कार्यमा ५ हजार बढी उद्दारकर्मी खटिएका छन् । उद्दार कार्य जारी भएपनि बुधबार रातिसम्म कुसैको जीवित उद्दर नभएको एक उद्दारकर्मीलाई उद्रित गर्दै बिबिसीले जनाएको छ। भूकम्पका कारण सबैभन्दा प्रभावित हुने क्षेत्रमा अमाट्रिस, अरकोयटा र पेसकारा डेल ट्रोन्टो छन् । अमाट्रिसमा मात्र २ सय बढीले ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ