arrow

तीन घण्टा ढिला गरी प्रतिनिधि सभाको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको आज ११ बजेका लागि तय भएको बैठक तीन घण्टा ढिला गरी २ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणवश तोकिएको समयमा प्रतिनिधिसभाको बैठक बस्न नसक्ने भएकाले २ बजे बस्नेगरी तय भएको छ ।
 
प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठकको समय निर्धारण गरेका हुन् । यो बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिने चर्चा छ । 

गत सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा मागेका थिए । 

शर्माले बजेटमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई बाहिरबाट लगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ