arrow

पार्टी छोड्नेलाई विप्लवले भने सत्ताको प्रलोभन, न्यायाधीशलाई धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
Biplav-Netra-chand.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले पार्टी छाडेर जानेहरूलाई क्रान्तिबाट भयभित भएको बताएका छन् । पछिल्लो समय विप्लवको पार्टी छोड्नेको सङ्ख्या बढेपछि सत्ताको प्रलोभनमा परेको आरोप लगाएका छन् । 

विप्लवले भने,' क्रान्तिबाट भयभीत मान्छेहरू हिजो पनि थिए र आज पनि छन्,आज पनि एकीकृत जनक्रान्तिबाट भयभितहरु धेरै छन् । जो मान्छेहरू एकीकृत जनक्रान्तिबाट भागिरहेका छन्, उनीहरूले आजको सत्तामा र्‍याल काँडेर प्रभावित भएका छन् । त्यसको कुनै मूल्य छैन ।’

एमसीसीविरुद्ध आन्दोलनमा उत्रँदा पक्राउ परेका विद्यार्थीहरूसँग लाखौँ रुपैयाँ धरौटी माग्ने न्यायाधीशमाथि आक्रोश पोखेका छन् । विप्लवले भने,' देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’ 

महासचिव विप्लवले नेपालमा अमेरिकीहरूलाई परास्त गर्न कांग्रेस एमाले माओवादीले नसक्ने भन्दै क्रान्तिकारी श्रमिक जनता र आफ्नो पार्टी भएको दावी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ