arrow

अमेरिकी विदेश मन्त्री केरी र लाभरोभबीच जेनेभामा वार्ता

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
kerry.jpeg
जेनेभा (स्वीट्जरल्याण्ड) । अमेरिकी विदेश मन्त्री जोन केरी र रसियाली समकक्षी सर्गेइ लाभरोभ स्वीट्जरल्याण्डको जेनेभामा भेट गरी सिरिया र युक्रेनबारे विविध विषयमा छलफल गरेका छन्  । 
 
बिहीबार जेनेभा पुगेका अमेरिकी विदेशमन्त्री केरी र लाभरोभबीच यसअघि पनि सिरिया र युक्रेनमा जारी द्वन्द्वबारे टेलिफोन वार्ता भएको जेनेभास्थित अमेरिकी मिसनले बताएको छ । यसको रसियाली विदेश मन्त्री लाभरोभले बुधबार नै पुष्टि गरेका थिए । 
 
उनिहरूबीच सिरियामा जारी द्वन्द्व अन्त्यका लागि गरिने प्रयासमा सहकार्य गर्ने बताइएको छ । दुई देशका विदेश मन्त्रीस्तरीय प्रत्यक्ष कुराकानी पाँच वर्षदेखि सिरियामा जारी राजनीतिक द्वन्द्व अन्त्य गर्ने पहलमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ