arrow

चार्टर्ड एकाउन्टेन्टस गण्डकीमा सागर, कास्कीमा विवेक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
chartered.jpg

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्टसको गण्डकी प्रदेश प्रमुखमा सागर लामिछाने चयन भएका छन् । संस्थाको ३४ औं कार्यसमितिको निर्वाचनले लामिछानेलाई प्रदेश प्रमुखमा चयन गरेको हो ।

यसैगरी कास्की जिल्ला सभापतिमा विवेक श्रेष्ठ चुनिएका छन् । संस्थाको उपसभापतिमा दीपक भुर्तेल, सचिवमा सागर आचार्य, कोषाध्यक्षमा पुरोचन उदास छन् ।

यस्तै, कार्यसमिति सदस्यमा सबिना महर्जन, विक्रम पराजुली, सुजन कार्की, उभेककुमार श्रेष्ठ र विवेक कुमार श्रेष्ठ छन् ।

समितिको सल्लाहकारमा बिमल लम्साल, अर्जुन गोशेली र अमित थापा चयन भएका छन् । निर्वाचन अधिकृत गोपाल प्रसाद श्रेष्ठले निर्वाचितहरुलाई शपथ ग्रहण गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ