arrow

प्रधानमन्त्री जाेनसन राजीनामा दिन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
Boris_Johnson-UK.jpg

काठमाडौं ।  लगातारका अनेकौं काण्डहरुमा फसेपछि र बुधबार एकै दिनमा क्याबिनेटका ४० भन्दा बढी मन्त्री र सहयोगीहरुले राजीनामा दिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि कन्जरभेटिभ पार्टीको लिडरबाट राजीनामा दिन तयार भएका छन् ।

बेलायती प्रमुख सञ्चार माध्यमका अनुसार उनी आफ्नो पार्टीको प्रमुखबाट राजीनामा दिन तयार भए पनि शरद ऋतुसम्म प्रधानमन्त्रीको रूपमा काम गर्ने बताएका छन् । संसदीय दलको नेता चयन हुन दिनका लागि त्यतिबेलासम्म उनी प्रधानमन्त्री पदमा रहिरहने तयारी गरेको बताइएको छ।

जोनसनले आफ्नो पार्टीको नेतृत्वबाट आजै राजीनामा दिनसक्ने बताइएको छ । उनका आलोचकहरुले यो कदमको स्वागत गरेका छन् भने उनी प्रधानमन्त्री पदमा रहिरहने भन्ने विषयमा भने अझै आलोचकहरु सशक्त भएर उभिने देखिएको छ ।

४० मन्त्री र सहयोगीले राजीनामा दिए पनि जोनसनले सत्ता नछाेड्ने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ