arrow

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
current-socked.png

पोखरा । पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बन्ने करिब ४० बर्षका कृष्णबहादुर रानामगर रहेका छन् । 

आज दिउसो ३ बजेतिर पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ खुँडेपोखरी नजिक निर्माणाधीन घरमा रङ लगाउनेक्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

कास्कीका निमित्त प्रहरी प्रमुख एवं डिएसपी सुन्दर तिवारीका अनुसार घरमा रंग लगाउनेक्रममा घर नजिकै रहेको हाईटेन्सन विद्युत लाइनको तारमा छोइन पुग्दा मगरलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर घरको दुई तलामाथिबाट खसेर उनको मृत्यु भएको डिएसपी तिवारीले बताए । रानामगरको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ