arrow

बुढीगंगाको चुनाव सकियो, त्रिशक्तिमा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण, ६६.७५ प्रतिशत मत खस्याे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
local-level-election-2079.jpg

बाजुरा । स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएकोमा साँझ ५ बजे मतदान सम्पन्न भएको हो । 

बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झडप हुन नदिन हवाइ फायर गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए । ‘अन्य ठाउँमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ’, उनले भने, ‘त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिएर पुनः मतदान भएको छ ।’

नगरपालिकामा १३ हजार ६ सय ५९ मतदातामध्ये कुल मत ६६.७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ