arrow

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली चल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
sinjo.jpg

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार भएको छ । जापानी समाचार एजेन्सी एनएचकेले घटनाको पुष्टि गरेको छ।

आबेमाथि पश्चिमी जापानको नारा शहरमा आक्रमण भएको हो । उनी स्टेजमा ढलेको बताइएको छ ।

जापान टाइम्सका अनुसार पूर्व प्रधानमन्त्रीलाई भाषणको क्रममा आक्रमणकारीले पछाडिबाट गोली हानेका छन् ।  

आक्रमण स्थानीय समय अनुसार शुक्रवार बिहान ११.३० बजे भएको हो । 

स्वास्थ्य अवस्था बिग्रिएपछि सन् २०२० मा उनले जापानको प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 

उनलाई पेटको जीर्ण रोग अल्सरेटिभ कोलाइटिस लागेको जनाइएको छ। उनी जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। 

उनको अवस्था गम्भीर रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ