arrow

आबेको अवस्था स्थीर : बाहिरियो गोली हानेको भिडियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
sinjo.jpg

काठमाडौं । जापानमा पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । 

जापानको नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार  भएको थियो । ६७ वर्षीय पूर्व नेता घटनास्थलमै ढलेको र उनको घाँटीबाट रगत बगेको थियो । 

 उनको अवस्था निकै गम्भीर रहेको छ । अस्पताल पुगेसँगै उनको शरीरमा कुनै महत्त्वपूर्ण सङ्केतहरू देखिएको छैन ।  आबेलाई अस्पतालले कार्डियो-रेस्पिरेटरी अरेस्ट भनेको छ । जसलाई जापानमा मृत्युको औपचारिक प्रमाणीकरण अघि प्रयोग गरिन्छ।

टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्विट गर्दै आबे “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा“ भएको बताएका छन् । 

भाषण गरिरहेका सिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो । उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ