arrow

आबेमाथि गाेली प्रहार लोकतन्त्रमाथिको ‘घृणित’ आक्रमण: जापानका प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
fumio-kishida-japan-pm.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि भएको आक्रमणपछि टोकियोमा सम्बोधन गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले घटनाको निन्दा गरेका छन् । पूर्वप्रधानमन्त्रीमाथिको आक्रमणविरुद्ध एक भावनात्मक भाषणमा बोल्दै उनले गोलीबारीलाई 'घृणित कार्य' भनेर निन्दा गरेका हुन् ।

गोली प्रहार गर्नेको मनसाय अहिलेसम्म अज्ञात रहे पनि चुनावी अभियानसँगको सम्बन्धलाई बेवास्ता गर्न नसकिने उनको भनाइ छ । 'चुनाव हुँदै छ । लोकतन्त्रको आधार नै यही हो र यस्तो घटना भएको छ,' उनले भने ।

'यो बर्बर र दुर्भावनापूर्ण छ र यसलाई सहन सकिँदैन। हामी सक्दो गर्नेछौं, र म यस कार्यको निन्दा गर्न सम्भव भएका सबैभन्दा चरम शब्दहरू प्रयोग गर्न चाहन्छु।'

यस्तै उनले आफ्ना पूर्ववर्ती एवं गुरु समान आबेलाई गोली हानेको घटना 'पूर्ण रूपमा अक्षम्य' भएको बताएका छन्।

किशिदाले चुनावी प्रचारका लागि यामागाताबाट राजधानी फर्किएपछि टोकियोस्थित आफ्नो सरकारी निवासमा पत्रकारहरुसँग कुरा गरेका छन् ।

उनले अघि भनेका छन्,'अहिले चिकित्सकहरुले आफुले सक्ने सबै काम गरिरहेका छन् । यस क्षणमा म आशा गर्छु र प्रार्थना गर्दछु कि पूर्वप्रधानमन्त्री आबे यसबाट बच्नुहुनेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ