arrow

प्रधानसेनापति शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
pradhansenapati-sharma-indian-ambassador-nabin-sriwastav.jpg

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए । 

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ । 

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ विज्ञप्तिमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ