arrow

आबेको निधनप्रति प्रधानमन्त्री देउवाबाट दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
Japanese-Shinzo-Abe-PM.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गरेका छन् । 

“मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । उनले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेका छन् । 

शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते भएका पूर्वप्रधानमन्त्री शिन्जोको निधन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ