arrow

दार्चुला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

logo
प्रकाशचन्द्र भट्ट,  
प्रकाशित २०७९ असार २४ शुक्रबार
darchula-purna-khop.jpg

दार्चुला । दार्चुलालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्लाका १६ देखि २३ महिनासम्मका १ हजार ६ सय ८७ बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए । 

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ ओटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ ओटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको छ ।  

१६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए–नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । त्यससँगै जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै जिल्लाका ९ वटै स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरी शुक्रबार जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

दार्चुला जिल्लालाई २०७३ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्नका लागि प्रत्येक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ