arrow

भारतको सहयोगमा बुद्धभूमिमा निर्मित विद्यालय भवनको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
shree-madhyamik-vidyalaya-india-nepal.jpeg

कपिलवस्तु । नेपालका लागि भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले शुक्रबार कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका छन् । 

कपिलवस्तु–२ का सांसद बृजेशकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ लगायतको उपस्थितिमा वंशलले भवनको उद्घाटन गरेका हुन् । 
 
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ३ करोड ४० लाख रुपैयाँको लागतमा यस परियोजनाको निर्माण भएको हो । 

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनाहरु मध्येको एक हो । 

श्री माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाको एक पुरानो विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्नेछ । 
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् । 

नेपाल र भारतबीच लामो समयदेखिको बलियो विकास साझेदारी रहिआएको छ । जसले दुई देशबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । 

‘यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ’, भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ