arrow

भारतमा एकैदिन थपिए १९ हजार कोरोना संक्रमित, ४३ को मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
corona-india-covid-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । 

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

 भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् ।  

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ