arrow

बुढीगंगामा हालसम्म चार वडाको मतपरिणाम, एमालेको एकछत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
local-level-election-2079.jpg

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामध्ये हालसम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएको छ । 

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएको उनले बताए । 

उनका अनुसार वडा नम्बर १ मा रणबहादुर थापा, वडा नम्बर–२ मा पदमबहादुर भण्डारी, वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ । 

बुढीगंगा नगरपालिकाको मेयर र उप–मेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् । 

उपमेयरमा पनि एमालेकी  मायाकुमारी खड्का (कुवँर) ले  २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् । उनकी प्रतिष्प्रधी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ