arrow

एकैदिन सय बढी कोरोना संक्रमित थपिए, सक्रिय छ सय नाघे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी फेरि ह्वात्तै बढेको छ । शनिबार थप एक सय दुई संक्रमित थपिएका छन् । १५ सय ३९ पीसीआर परीक्षण्बाट ७२ तथा एक हजार ७६ एन्टिजेनबाट ३० जना संक्रमित पाइएका हुन् । 

योसँगै सक्रिय संक्रमितको संख्या छ सय पाँच पुगेको छ । यसमा एन्टिजेनबाट परीक्षण गरिएकाहरुको संख्या जोडिएको छैन । 

शनिबार ३१ जनामात्र कोरोनामुक्त भएका छन् । पछिल्लो हप्तादेखि संक्रमितको संख्या ह्वात्तै बढेको छ । 

काठमाडौंमा संक्रमण तीव रुपले बढेको छ । सक्रिय छ सय पाँचमध्ये काठमाडौंका मात्रै तीन सय २७ जना हुन् भने भक्तपुरका ८ तथा ललितपुरका ५४ जना हुन् । 

कोरोनाको संक्रमण बढे पनि सचेतना भने कमै अपनाउन थालिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ