arrow

बुढीगंगामा एमाले बलियो, ५० प्रतिशत मत गन्दा दोब्बरको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
local-level-election-2079.jpg

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ । 

पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली कांग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ । एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत ल्याएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका पाँच वटै (१, १०, २, ९ र ३ ) वडामा एमालेले वडाध्यक्ष पद जितेको छ। यतिबेला वडा नम्बर ८ को गणना भइरहेको छ ।

पछिल्लो समय वडा ३ मा एमालेका खडकबहादुर अधिकारी विजयी भएका छन् । कांग्रेसका गोरखबहादुर रौलेलाई ३०९ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ