arrow

कोरोना : इरानले प्रवेशमा थाल्यो कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
iran-map.gif

तेहरान । कोभिड सङ्क्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ ।

सङ्क्रमणमा हालै भएको वृद्धिलाई शनिबार उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गर्दा मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन् । 

इरानी विशेषज्ञहरूले ओमिक्रोनका दुई द्रूत गतिमा फैलिएका उप-प्रजातीहरू आगामी हप्ताहरूमा इरानकम समस्याको रूपमा आउनसक्ने बताएका छन् । 

इरानी राष्ट्रपतिको वेबसाइटमा बताइएअनुसार कोभिड-१९ महामारीविरूद्धको राष्ट्रिय समितिको बैठकमा गरेको आफ्नो सम्बोधनमा रायसीले इरानलाई सबै भूमि, वायु र समुद्री प्रवेश नाकाहरूमा स्वास्थ्य नियम र निर्देशनहरू अझ कडा सँग पालन गर्न गराउन निर्देशन दिएका हुन् ।

उनले कोभिड-१९ खोपको अतिरिक्त मात्रा लिनुपर्ने आवश्यकताबारे बोल्दै सबै नागरिकलाई यसका लागि सचेतना फैलाउने कार्यक्रम लिएर जान समितिलाई निर्देशन गरेका छन् ।

आधारभूत स्वास्थ्य समस्या भएकाहरूले विशेष गरी सावधानी अपनाउनुपर्ने भन्दै उनले प्राथमिकताका आधारमा कोभिड-१९ विरूद्धको अतिरिक्त खोप अभियान देशैभरी तुरून्तै पुर्‍याउनु पर्नेमा पनि जोड दिएका छन् । 

इरानी स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएअनुसार अप्रिल २७ पछि सोमबार पहिलो पटक इरानको दैनिक सङ्क्रमण दर एक हजारभन्दा बढी देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ