arrow

युक्रेनले हटायो भारत र जर्मनीलगायत अन्य देशका राजदूत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
volodymyr-zelensky-ukraine.jpg

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भारत र जर्मनीलगायतका देशमा रहेका आफ्ना राजदूतहरूलाई हटाउने निर्णय गरेका छन् । हटाइएकाहरूमा भारत, जर्मनी, चेक गणतन्त्र, नर्वे र हंगेरीका राजदूतहरू छन्। राष्ट्रपति कार्यलयले हटाउनुको कारण भने खुलाइको छैन ।

रुसको आक्रमणपछि जेलेन्स्कीले आफ्ना राजदूतहरूलाई विश्वव्यापी समर्थन जुटाउन आव्हान गरेका थिए। उनले रुसको सामना गर्न विभिन्न देशबाट हतियारको आपूर्ति सुनिश्चित गर्न प्रयास गर्न पनि निर्देशन दिएका थिए । तर युक्रेनले यस मामिलामा अपेक्षित सफलता पाउन सकेको छैन।

गत हप्ता एक अन्तर्वार्तामा, जर्मनीका राजदूतले दोस्रो विश्वयुद्धको समयमा हिटलर समर्थित नाजीहरूको बचावमा बयान दिएका थिए।  भारतले पनि खुलेर रुसको विरोध गरेको छैन । जेलेन्स्कीले हटाएका राजदूतमा भारतका लागि युक्रेनी राजदूत इगोर पोलिखा, जर्मनीका लागि युक्रेनी राजदूत एन्ड्रि मेल्निक लगायत छन् ।  

जेलेन्स्कीले लगातार आफ्ना कूटनीतिज्ञहरूलाई अन्तर्राष्ट्रिय समर्थन र सैन्य सहायता जुटाउन कूटनीतिक दबाब बढाउन आग्रह गर्दै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ