arrow

परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले माग्यो त्रिवि पदाधिकारीको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले पदाधिकारीको राजीनामा मागेको छ । 

आइतबार त्रिविको यस्तो गैर जिम्मेवार, शङ्कास्पद तथा लापरबाहीपूर्ण कदमप्रति नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दुजाङ शर्माले विज्ञप्ति जारी गरेका छन् । 

निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्‍याउने काम त्रिविबाट भइरहेकै नेविसंघको आरोप छ ।

त्रिविले असार २२ मा व्यवस्थापन सङ्कायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ अर्गनाइजेशन बिहेव्यरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्न पत्रसँग हुबहु मिलेको छ ।

यस्तै असार २५ गते बिबिए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स एसओसी २०२ विषयको परीक्षामा पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्न सोधिएकोमा विद्यार्थीले विरोध गरेका थिए ।

परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही भएकोले त्रिवि पदाधिकारीले राजीनामा दिनुपर्ने नेविसंघको माग छ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ