arrow

बुढीगंगामा एमालेको शानदार जित, सात वडासहित प्रमुख र उपप्रमुख एमालेलाई, कांग्रेसको भागमा तीन वडा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
local-level-election-2079.jpg

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक अन्तिम परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । 

एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् । 

यस्त उपमेयरमा मायाकुमारी खड्का चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । रिता शाहले तीन हजार ७५५ मत ल्याइन् । उनीहरूलाई गठबन्धनको साथ थियो ।

१० वडामध्ये एमालेले सात वडामा जित निकालेको छ । बाँकी तीन वडामा कांग्रेसले नेतृत्व पायो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भयो । कांग्रेस वडा नम्बर ४, ७ र ८ मा विजयी भयो ।

बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ