arrow

बुढीगंगामा कसले कति मत ल्याए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
local-level-election-everytime1.jpg

बाजुरा । स्थानीय तह निर्वाचन अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । अन्तिम परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । 

बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । 

यस्त उपमेयरमा मायाकुमारी खड्का चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । रिता शाहले तीन हजार ७५५ मत ल्याइन् । 

१० वडामध्ये एमालेले सात वडामा जित निकालेको छ । बाँकी तीन वडामा कांग्रेसले नेतृत्व पायो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भयो । कांग्रेस वडा नम्बर ४, ७ र ८ मा विजयी भयो ।

बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

वडामा को विजेता ? 
वडा नम्बर १ मा एमालेका रण वहादुर थापा ४१६ मतसहित विजयी, कांग्रेसका लोगबहादुर थापा ३५८ मतसहित पराजित । 

वडा नम्बर २ मा एमालेका पदमबहादुर भण्डारी ८३८ मतसहित विजयी, कांग्रेसका नरबहादुर थापा २३५ मतसहित पराजित । 

वडा नम्बर ३ मा एमालेका खडकबहादुर अधिकारी ५२५ मतसहित विजयी, कांग्रेसका गोरखबहादुर रौले २१९ मतसहित पराजित । 

वडा नम्बर ४ मा कांग्रेसका मीनबहादुर शाह ८४० मतसहित विजयी, एमालेका प्रकाशबहादुर रावल १८२ मतसहित पराजित । 

वडा नम्बर ५ मा एमालेका चक्रबहादुर थापा ४९६ मतसहित विजयी, कांग्रेसका खडगबहादुर थापा ३०५ मतसहित पराजित । 

वडा नम्बर ६ मा एमालेका हेमराज जैशी ४१२ मतसहित विजयी, कांग्रेसका बलबहादुर थापा ३५३ मतसहित पराजित । 

वडा नम्बर ७ मा कांग्रेसका भवनसिंह केसी ३८१ मतसहित विजयी, एमालेका मन्नामे बिष्ट ३४२ मतसहित पराजित ।

वडा नम्बर ८ मा कांग्रेसका रमेशबहादुर रावल ३५९ मतसहित विजयी, एमालेका विराज रावल ३०१ मतसहित पराजित । 

वडा नम्बर ९ मा एमालेका मिनबहादुर सिंह ४८२ मतसहित विजयी, एकीकृत समाजवादीका भरतबहादुर थापा २९३ मतसहित पराजित । 

वडा नम्बर १० मा एमालेका दलबहादुर सावद ५४८ मतसहित विजयी, कांग्रेसका मोहनबहादुर बुढा ४९१ मतसहित पराजित । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ