arrow

कोरोनाका सात संक्रमितकाे आईसीयू र एककाे भेन्टिलेटरमा उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
corona-virus-covid-19.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२१ जनामा कोभिड१९ पुष्टि भएको छ । १७०० नमूनाको पीसीआर र १३४५ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १०४ र र १७ गरी १२१ जनामा संक्रमण पुष्टि भएको हो ।

कुल ३ हजार ४५ नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअवधिमा ३१ जना संक्रमणमुक्त भएका छन् ।

पीसीआर विधिबाट संक्रमित भएकाहरुको संख्या हेर्दा संक्रमण दर ६.१२ प्रतिशत पुगेको छ । केही दिनअघिसम्म एक प्रतिशत भन्दा कम रहेको संक्रमण दर पछिल्ला दिनहरुमा निरन्तर उकालो लागेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । मन्त्रालयका अनुसार ७ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।



नयाँ