arrow

बेकोको अत्याधुनिक फिचर्स सहितको इन्भर्टर एअर कन्डिसनर बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
beko-inverter-ac.jpg

काठमाडौं । नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमा लामो समयदेखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सीजी ईलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्स सहितको कम बिजुली खाने इन्भर्टर एअर कन्डिसनर सार्वजनिक गरेको छ । 

जाडो र गर्मी दुवै मौसममा उपयोगी यो एअर कन्डिसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्ड जस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरु रहेको सीजीले बताएको छ । यसको गो क्लिन टेक्नोलोजीले एअर कन्डिसनरमा टाँसिएको धुलो र फोहर आफैं पखाल्ने बताइएको छ । सीजी भन्छ, ‘जसले गर्दा एअर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन । गन्ध घटाउँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्छ ।’

यसको थप फाइदाबारे कम्पनी अगाडि भन्छ, ‘साथै यसको गोल्ड गार्ड फिचर्सले एअर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्धत गर्छ । र यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ । यसको रिमोटमा विशेष सेन्सर हुन्छ जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ ।’

कम्पनीका अनुसार यो एअर कन्डीसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ र यसमा १० वर्षको वारेन्टी रहेको छ। सीजीले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ । कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेको पनि सीजीले जनाएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ