विश्वकपको रोमाञ्च अब घरमै: टीसीएलले नेपाली बजारमा टीपी२००के र टीपी३००के पार्टी स्पिकर सार्वजनिक गर्यो
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
95
Shares
काठमाडौं। विश्वकप फुटबलको माहोल विश्वभर तातेका बेला अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारमा आफ्ना नयाँ पोर्टेबल पार्टी स्पिकर टीपी२००के र टीपी३००के सार्वजनिक गरेको छ। शक्तिशाली अडियो, आकर्षक लाइट शो तथा आधुनिक कनेक्टिभिटी सुविधाले सुसज्जित यी स्पिकरहरू खेलप्रेमी र मनोरञ्जनका पारखीहरूका लागि विशेष रूपमा डिजाइन गरिएका हुन्।
फुटबल समर्थकहरूका लागि खेल हेर्नु मात्र होइन, त्यसको माहोल अनुभव गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यही अनुभवलाई घरमै जीवन्त बनाउन टीसीएलका यी नयाँ स्पिकरहरूले स्टेडियमको जस्तै ध्वनि र ऊर्जा प्रदान गर्ने लक्ष्य राखेका छन्। गोलको गर्जन, दर्शकहरूको उत्साह र कमेन्ट्रीको रोमाञ्च अब अझ स्पष्ट र शक्तिशाली रूपमा अनुभव गर्न सकिनेछ।
टीसीएल टीपी२००के घरेलु म्याच भ्युइङ, पारिवारिक जमघट तथा साना पार्टीहरूका लागि उपयुक्त स्पिकर हो। २२० वाट अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप तथा ५ वटा डायनामिक लाइट शो मोडले मनोरञ्जनलाई थप आकर्षक बनाउँछन्।
त्यसैगरी, अझ दमदार ध्वनि अनुभव चाहने प्रयोगकर्ताका लागि टीसीएल टीपी३००के उत्कृष्ट विकल्प हो। ३४० वाटसम्मको शक्तिशाली अडियो आउटपुट, गहिरो बास र १८ घण्टासम्मको प्लेटाइमले ठूला जमघट तथा आउटडोर सेलिब्रेसनलाई नयाँ स्तरमा पुर्याउँछ। ८ वटा आकर्षक लाइट शो मोडहरूले खेल जितेको खुसीयालीलाई अझ भव्य बनाउने काम गर्छन्।
दुवै मोडलमा ब्लुटुथ ५.४, बास बुस्ट, वायरलेस पार्टी लिंक (टीडब्ल्यूएस) तथा आईपीएक्स४ वाटर रेसिस्टेन्स जस्ता आधुनिक सुविधाहरू समावेश छन्। प्रयोगकर्ताले दुईवटा स्पिकरलाई वायरलेस रूपमा जडान गरी अझ फराकिलो साउन्ड अनुभव लिन सक्छन्। साथै, माइक्रोफोन र गिटार सपोर्टले कराओके तथा लाइभ मनोरञ्जनलाई पनि सहज बनाउँछ।
विश्वकपको उत्साह, संगीत र मनोरञ्जनलाई एकै ठाउँमा समेट्ने उद्देश्यका साथ टीसीएल ले टीपी२००के र टीपी३००के नेपाली बजारमा ल्याएको हो। चाहे साथीभाइसँगको फुटबल नाइट होस्, पारिवारिक समारोह होस् वा सप्ताहन्तको पार्टी, यी स्पिकरहरूले हरेक क्षणलाई अझ रोमाञ्चक र स्मरणीय बनाउने विश्वास टीसीएल ले लिएको छ।
टीसीएल विश्वका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डहरूमध्ये एक हो। नवप्रवर्तन, अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइनमार्फत टीसीएल ले विश्वभरका उपभोक्तालाई स्मार्ट तथा अर्थपूर्ण मनोरञ्जन अनुभव प्रदान गर्दै आइरहेको छ। नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टीसीएल ब्रान्डलाई नेपालमा सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको छ।