arrow

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीद्वारा पोखरामा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
student.jpg

पोखरा । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले पोखरामा विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले गण्डकी प्रदेशसभाको गेट अगाडि नाराबाजी गरेका हुन् ।

विश्वविद्यालयको विविए छैटौं सेमेस्टरको संगठनात्मक व्यवहार विषयको परीक्षामा त्रुटि भएको कारण परीक्षा रद्ध भएको र असार २५ गते संचालन भएको नेपाली समाज र राजनीति विषयको परीक्षामासमेत सोहि गल्ती दोहोरिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

उनीहरुले आन्तरिक परीक्षाकै प्रश्नपत्र हुबहु आएको, त्रिविको गम्भीर लापरवाहीका कारण विद्यार्थीको मिहेनत खेर गएको गुनासो गरेका छन् ।

गण्डकी प्रदेशसभामा बैठक चलिरहँदा उनीहरुले विरोध गरेका हुन् । उनीहरुले त्रिवि र शिक्षामन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका हुन् । विद्यार्थीहरुले आफूहरु मानसिकरुपमा विक्षिप्त भएकाले बाँकी परीक्षाम सहभागी हुन नसक्ने बताएका छन् । साथै उनीहरुले परीक्षा तालिका रद्ध गरि नयाँ परीक्षा तालिका सार्जननिक गर्नसमेत माग गरेका छन् । 

विद्यार्थीहरुले आफूहरुको मागलाई संघीय सरकारसम्म पुर्याएर समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । विद्यार्थीहरुले गण्डकीका शिक्षामन्त्री मेखलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर आफूहरुको समस्याका बारेमा ध्यानाकर्षण गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ