arrow

काभ्रेमा कोरोना संक्रमण बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
corona-virus-covid-19.jpg

काभ्रे । काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि संक्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । 
    
“काभ्रेमा कोरोनाको  लहर बढ्न सुरुआत  गरेको अनुमान गर्न सकिन्छ” कार्यालयप्रमुख डा पुरुषोत्तम सेडाइँले भने। उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच संक्रमितको अवस्था सामान्यनै रहेको जनाइएको छ । 
    
जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो । गत फागुन मध्यमा तेस्रो लहरको यसको संक्रमणदर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ । तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरका बीच एक पुरुषको मृत्यु भएको थियो । 

संक्रमितमध्ये नौ हजार ३९४ पुरुष तथा आठ हजार १६६ महिला हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ