arrow

योगेश भट्टराईले गरे संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
yogesh-bhattarai.jpg

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद सम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरेपछि उनले यस्तो माग राखेका हुन् । 

‘संविधानको अक्षर र भावना बिपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धि बिधेयकको बिरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

उनले सरकारलाई संविधान अनुकुल चल्न पनि आग्रह गरेका छन् । ‘सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होईन बरु संविधान अनुकुल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराईले भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ