arrow

म्यानमारका शहरहरुमा चिनियाँ सर्भिलेन्स क्यामेरा, नागरिककाे सुरक्षामाथि खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
myanmar-cctv-survilence.jpg

काठमाडौं । म्यानमारको 'जुन्ता' सैनिक सरकारले देशभरका विभिन्न शहरहरूमा अनुहार नै पहिचान गर्ने क्षमता भएका चिनियाँ क्यामेराहरू जडान गरेको र गरिरहेको पाइएको छ ।

सेक्युरिटी क्यामेरा र फेसियल रिकग्निसन टेक्नोलोजी किन्न र जडान गर्ने टेन्डरहरूमा यो योजनालाई सुरक्षा कायम गर्न र कतिपय अवस्थामा नागरिक शान्तिका लागि भएको उल्लेख गरिएको आयोजनामा संलग्न व्यक्तिहरुले जनाएका छन् ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता हत्याएयता देशभर ठूलो प्रदर्शन भएको छ । यस्तोमा स्थानीय अधिकारीहरूले म्यानमारको चौथो ठूलो सहर मावलामाइन सहितका पाँचवटा शहरहरुमा नयाँ क्यामेरा निगरानी परियोजना शुरु गरेका हुन् ।

जुन्ताले म्यानमारका सात राज्य र सात क्षेत्रहरूमा प्रत्येक शहरका लागि क्यामेरा निगरानी प्रणालीको योजना बनाइरहेको  स्रोतले रोयटर्सलाई भनेको छ । कति ठाउँमा क्यामेरा निगरानी प्रणाली जाेड्न हुँदैछ भन्ने कुरा यसअघि बाहिरिएको थिएन ।

फिस्का सेक्युरिटी एण्ड कम्युनिकेसन र नाउङ यो टेक्नोलोजी कम्पनी लगायतका स्थानीय खरिद फर्महरूले टेन्डर जितेका छन् । यी फर्महरूले क्यामेरा र केही सम्बन्धित प्रविधि चिनियाँ सर्भेलेन्स जाएन्ट दहुवा टेक्नोलोजी, हुवावे टेक्नोलोजी र हाइक भिजनबाट खरिद गरेका छन् ।

टेन्डरहरू जितेका कम्पनीहरुले अनुहार पहिचानका लागि भने चिनियाँ सफ्टेवयर महँगो पर्ने हुँदा स्थानीय र क्षेत्रीय कम्पनीहरूले विकास गरेको सफ्टवेयर प्रयोग गरेको बताइएको छ ।

जुन्ता सरकारविरुद्ध सर्वसाधारणहरुले विरोध प्रदर्शन गर्दै आएका बेला अधिकारीहरुको यो कदमले नागरिक सुरक्षाको विषयमा ठूलो चिन्ता खडा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ