arrow

कोरोना भयावह बन्दै, एकैदिन थपिए एक सय ६८ संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
corona-virus-omicron.JPG

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी भयावह स्थितिमा पुगेको छ । नयाँ लहर आएको संकेत भएसँगै यो वर्षकै सबैभन्दा बढी संक्रमित सोमबार पाइएका छन् । एकैदिन एक सय ६८ संक्रमित थपिएका हुन् ।   

तीन हजार २० जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएका हुन् । १८ सय ३४ पीसीआर परीक्षणबाट १२९ जना तथा ११ सय ८६ एन्टिजेन परीक्षणबाट ३९ संक्रमित पाइएका हुन् । 

पीसीआर परीक्षणबाट मात्रै सात प्रतिशत संक्रमित पाइएका हुन् । यो अत्यधिक हो । योसँगै सक्रिय संक्रमित (पीसीआरबाटमात्रै) को संख्या ७७० पुगिसकेको छ । 

मात्र ३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमितको संख्या काठमाडौंमा भयावह रहेको छ । काठमाडौंमा मात्रै ४५३ संक्रमित पुगेका छन् । ललितपुरमा ६२ तथा भक्तपुरमा ८ जना सक्रिय संक्रमित छन् । 

सोमबार मात्रै काठमाडौंमा ८२ जना थपिएका छन् । कास्कीमा ८ तथा ललितपुरमा ७ जना थपिएका छन् । भक्तपुरमा ३ जना थपिएका छन् । 

आईसीयूमा १२ तथा एक जना भेन्टिलेटरमा रहेका छन् । ७४९ जना होम आइसोलेसनमा रहँदा २१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ