arrow

श्रीपति समाजसेवा पुरस्कार सर्लाहीको पद्य-भूवनेश्वरी नमूना वृद्ध सेवा आश्रमलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
Padma.jpg

पोखरा । पोखरास्थित श्रीपति कोइराला गुठीद्वारा स्थापित तेश्रो श्रीपति समाजसेवा पुरस्कार सर्लाहीको पद्य-भूवनेश्वरी नमूना वृद्ध सेवा आश्रमलाई प्रदान गरिने भएको छ ।

गुठीले श्रीपति जयन्तीको अवसरमा पुरस्कार अर्पण गरिने घोषणा गरेको हो । पुरस्कार छनौट नियमावली अनुसार राष्ट्रियस्तरका ६ वटा संस्था तथा व्यक्तिको नाम प्रस्ताव भएर छलफल हुँदा सर्लाहीको पद्य-भूवनेश्वरी नमूना वृद्ध सेवा आश्रमलाई पुरस्कार अर्पण गर्ने निर्णय गरिएको अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए ।

गुठीका अध्यक्ष कोइरालाको संयोजक, प्रा.डा. दिलबहादुर क्षेत्री, गेहेन्द्रेश्वर कोइराला, डा. विश्वकल्याण पराजुली, अशोक पालिखे, कृष्णप्रसाद बाँस्तोला र दीपेन्द्र श्रेष्ठका साथै गुठीका सचिव नवराज कोइइराला पदेन सदस्य रहेको समितिले पुरस्कृत संस्थाको काम तय गरेको हो । 

पुरस्कार प्रदान गर्ने संस्था मधेश प्रदेशको सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं. २ जुटपानीमा रहेको छ । वि.सं. २०५५ सालमा स्थापित सेवा आश्रमले असाहय, अशक्त, वेवारिसे अवस्थाका ज्येष्ठ नागरिकको संरक्षण, खानपान र हेरचाह गर्दै आएको छ । संस्थामा हाल ४८ जना आश्रित छन् । 

श्रीपति समाजसेवा पुरस्कार यसअघि माइती नेपाल र राष्ट्रिय आविष्कार केन्द्रले प्राप्त गरेको थियो । पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । 



नयाँ