- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । बागलुङमा डेंगुका बिरामी फेला परेका छन् । धौलागिरी अञ्चल अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।
ती बिरामी शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।
गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो ।
उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।