- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहको बैठक आज बस्न लागेको छ । मङ्गलवार र बुधवार काठमाडौंमा बाबुराम पक्षले भेला डाकेको छ ।
उता अध्यक्ष उपेन्द्र यादव केन्द्रीय समितिको बैठकका लागि आज वीरगञ्ज पुगेका छन् । डा. भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकसँग जुध्ने गरी यादवले पनि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
भोलीदखि उपेन्द्र पक्षको केन्द्रीय समिति बैठकको वीरगञ्जमा बस्दै छ । बैठक असार २९ र ३० गते बस्दै छ ।
मन्त्रीमण्डल फेरबदलपछि उपेन्द्रसँग बाबुराम अझ रुष्ट भएका छन् । भट्टराई र यादवबीच अलग हुने सहमति भइसकेको छ ।
यादव पक्षले बोलाएको बैठकमा भट्टराई र भट्टराईसँग निकट मानिएका केही केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छैन । यसै गरी भट्टराईले पनि यादव पक्षीय नेताहरूलाई बोलाएका छैनन् ।