arrow

यस्तो छ बाबुराम भट्टराईको १९ पृष्ठको राजनीतिक प्रतिवेदन [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
baburam-bhattartai-2079-03-28.jpg

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको एक पक्षको केन्द्रीय समितिको विस्तारित बैठक मंगलबारदेखि राजधानीमा शुरु भएकोछ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक शुरु भएको हो । 

बैठकमा डा भट्टराईले १९ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको राजनीति प्रतिवेदनमाथि छलफल हुनेछ । उक्त प्रतिवेदनमा पार्टी पुनर्गठनको निर्णयमा पुग्नु परेको उल्लेख गरिएको छ । 

जडीबुटीस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टीको विस्तारित बैठकमा उनले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न सात बुँदामा आरोप लगाएका छन् । उनले पार्टी पुनःगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष यादवका कारण यस्तो भएको जिकीर ती बुँदाहरुमा गरेका छन् ।

वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूसँग रहेको बताउँदै डा भट्टराईले अध्यक्ष यादवसमक्ष वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न उठाएका छन् । उनले अध्यक्ष यादवमा कार्यशैली, पार्टीमा आवश्यक व्यवस्थापन र सुशासनमा समस्या रहेको आरोप लगाएका छन् ।

बैठकका आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले जसपाको वैधानिक बहुमत रहे या नरहेपनि पार्टीको पुनःगठन अनिवार्य र अपरिहार्य रहेको दाबी गरेका छन् । यही विस्तारित बैठकले पार्टीको पुनःगठन कसरी गर्ने भन्नेबारेमा ठोस र मूर्त निर्णय गर्ने अधिकार दिएको पनि प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।



नयाँ