arrow

अमेरिका भाग्न चाहन्थे राजापाक्षे, पाएनन् भिसा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
Gotabaya-rajapaksa.jpg

काठमाडौं ।  श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे मङ्गलवार राती देश छोडेर भागेका छन् ।  गोटाबाया राजपाक्षे श्रीलङ्का छोडेर अमेरिका भाग्न चाहन्थे तर अमेरिकाले उनलाई भीसा दिएन । 

राजापाक्षेसँग श्रीलङ्का र अमेरिकाको दोहोरो नागरिकता थियो, तर २०१९ को राष्ट्रपतीय निर्वाचनअघि उनले अमेरिकी नागरिकता त्यागेका थिए । 

श्रीलङ्काको संविधानमा एकल नागरिकताको व्यवस्था छ। यस्तो अवस्थामा राष्ट्रपतिको चुनाव लड्नका लागि उनी श्रीलङ्काको नागरिक मात्र राखेका थिए ।

गोटाबाया राजापाक्षेले राजीनामा दिनुअघि आफूलाई देश छाड्न दिनु पर्ने सर्त राखेका थिए । उनी सैनिक विमान चढेर मालदिभ्स भागेका छन् ।  

राजापाक्षेले हिजो राति आफ्नो राजीनामामा हस्ताक्षर गरी वरिष्ठ अधिकारीलाई बुझाएका थिए। उक्त पत्र  आज सांसदका सभामुख महिन्दा यापा अभयवर्धनेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

गोटाबाया जुलाई ८ देखि कोलम्बोमा देखिएका थिएनन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ