- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हिजोदेखि शुरु भएको जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठकमा जसपा कार्यकारिणी सदस्य महिन्द्र राय यादव समेत रहेका छन् । यादवले आफू वीरगन्जमा असुरक्षित महसुस गरेका कारण अध्यक्ष उपेन्द्र यादवले बोलाएको बैठकमा नगएको बताएका छन् ।
भट्टराई पक्षको काठमाडौं शुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै पार्टीको काठमाडौंमा राखिएको बैठक एक्कासि किन वीरगन्जमा सारियो भन्दै उनले पार्टीको विधि विधान अनुसार पार्टी चल्नु पर्छ भन्ने आफूहरूमाथि वीरगन्जमा जे पनि हुनसक्ने आशंका समेत व्यक्त गरे ।
उनले भने,'हामी वीरगन्ज जान तयार थियौँ । तर हामीमाथि दुर्व्यवहार हुने थाहा पाएर हामी त्यहाँ नगएको हो, हामी असुरक्षित भएर नै वीरगन्ज नगएको हो । हामीलाई सुरक्षा अनुभूति भएन ।’
उनले बैठकमा भने पार्टी विधान अनुसार अध्यक्ष उपेन्द्र यादव चल्न नमान्दा पार्टी फुटको अवस्थामा आएको सुनाए । उनले भने,' हामीले उपेन्द्र यादव बाबुराम भट्टराई र अशोक राई सम्मिलित तीन जनाको मुख्यालय बनायौ । सबै समस्याको समाधान गर्नुपर्छ । उहाँहरू बैठक बस्नुहुन्छ हामीलाई बोलाउनुहुन्छ । बाटो हेर्दै गयौँ,स्थानीय चुनावपछि बैठक बसौँ । समीक्षा गरौँ भनेर धेरै पटक कुरा राख्यौँ । बैठकको समीक्षा हुन सकेन । बैठक नै बस्न सकेन ।’
उता उपेन्द्र पक्षको केन्द्रीय समिति बैठक वीरगञ्जमा आजबाट बस्दै छ । यादव पक्षले बोलाएको बैठकमा भट्टराई र भट्टराईसँग निकट मानिएका केही केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छैन । यसै गरी भट्टराईले पनि यादव पक्षीय नेताहरूलाई बोलाएका छैनन् ।