नेपाल आएका चिनियाँ नेता लिउले भेटे राष्ट्रपति भण्डारीलाई, आजै फर्किदै
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
926
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टाचार भेट भएको हो । गत आइतबार नेपाल आएका लिउको टोलीले चार दिने नेपाल भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डा नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग भेटघाट गरेका थिए ।