arrow

गोटाबाया देश छाडेर माल्दिभ्स पुगेपछि कोलम्बोमा फेरि विशाल प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
srilanka-agitation-2022.jpg

काठमाडौं । औपचारिक रूपमा आज पदबाट राजीनामा भनेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स पुगेपछि राजधानी कोलम्बोमा फेरि  प्रदर्शन शुरु भएको छ । उनी बुधबार बिहान सेनाको विमानमा माल्दिभ्सको राजधानी माले पुगेका थिए ।

्ले  दिने अपेक्षा गरिएको छ, उनीविरुद्ध व्यापक प्रदर्शन भइरहेका बेला आज बिहान माल्दिभ्स पुगेका छन् । उनलाई मालेको वेलाना विमानस्थलमा माल्दिभ्स सरकारका प्रतिनिधिले स्वागत गरेका थिए ।

गोटाबाया राजापाक्षे माल्दिभ्स भागेको खबर बाहिरिएसँगै उनको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारी श्रीलंकाको राजधानी कोलम्बोमा सडकमा उत्रिएका छन् । भीडलाई तितरबितर गर्न सुरक्षा बलहरूले पानीको फोहोरा प्रयोग गरेको थियो । 

राष्ट्रपति राजापाक्षे, उनकी पत्नी र दुई अंगरक्षकहरू कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको विमान चढेका थिए । उनका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेका छन् । राजापाक्षेले सेनासँग एउटा विमानको लागि अनुरोध गरेपछि सेना राष्ट्रपतिलाई विमान उपलब्ध गराउन ‘बाध्यकारी’ भएको थियो । राजापाक्षे राष्ट्रपतिको रूपमा फौजको सर्वोच्च कमाण्डर हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ