arrow
ADVERTISEMENT

प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

logo
रासस–सिन्ह्वा, 
प्रकाशित २०७९ असार २९ बुधबार
latvia-pm-krisjanis.jpeg


रिगा । लाट्भियाका प्रधानमन्त्री क्रिस्जानिस कारिन्स कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित भएपछि उनले बुधबारदेखि घरबाटै आफ्नो काम गरिरहेको अधिकारीहरूले जनाएका छन् ।   

उनले आफू सङ्क्रमित भएको कुरा सामाजिक सञ्जालहरुबाट पनि जानकारी दिएका छन् भने आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको स्पष्ट पारेका छन् । 

उनका चिकित्सकहरूले एकान्तवासबाट काम गर्न सक्ने सुझाव दिएपछि उनले एकान्तवासबाट काम गरिरहेका छन् । उनले आगामी एक हप्ता घरबाटै काम गर्ने जनाइएको छ ।

उनले आम नागरिकलाई पनि स्वास्थ्य सतर्कता अपनाउन र मापदण्ड पालना गर्न आग्रह गरेका छन् । 

लाट्भियामा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।

रोग न्यूनिकरण तथा नियन्त्रण केन्द्रले बुधबार दिएको जानकारी अनुसार लाट्भियामा पछिल्लो एक दिनमा ९०८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सो विवरणमा कोरोना भाइरसबाट भने कसैको पनि मृत्यु भएको विवरण प्राप्त नभएको उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ