arrow
ADVERTISEMENT

राजापाक्षे भागेपछि विक्रमासिंधेको पनि मागियो राजीनामा

झडपमा एक विद्यार्थीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
Ranil Wickremesinghe sri lanka.jpg

कोलम्बो । श्रीलङ्कामा प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रदर्शन भएको छ । 

राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् ।

प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा एक विद्यार्थीको मृत्यु भएको छ । 

प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । केही प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्रीको निवासमा समेत प्रवेश गरेका थिए ।

प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ