arrow
ADVERTISEMENT

उत्तर कोरियासँग युक्रेनले किन तोड्यो सम्बन्ध ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
ukraine-north-korea.jpg

काठमाडौं । पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादीहरूले आफ्नो स्वघोषित गणतन्त्रलाई प्योङयाङले मान्यता दिएको केही घण्टापछि युक्रेनले उत्तर कोरियासँगको सम्बन्ध तोडेको बताएको छ । 

उत्तर कोरियाले तथाकथित दोनेत्स्क पिपुल्स रिपब्लिक र लुगान्स्क पिपुल्स रिपब्लिकलाई मान्यता दिएपछि युक्रेनले कदम चालेको हो । गत महिना रुसी सहयोगी सिरियाले पनि पूर्वी क्षेत्रलाई मान्यता दिएको थियो ।

युक्रेनी विदेश मन्त्रालयले एक विज्ञप्तिमा रुसले अस्थायी रूपमा कब्जा गरेको क्षेत्रलाई मान्यता दिने उत्तर कोरियाको निर्णयको निन्दा गरेको छ ।

‘ युक्रेनले लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियासँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ’, विज्ञप्तिमा भनिएको छ । 

यसैबीच युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले रुसका सहयोगी देशहरु घट्दै गएको दाबी गरेका छन् । विदेशमन्त्री कुलेबाले विज्ञप्तिमा भनेका छन्, ‘आर्थिक र राजनीतिक रूपमा रूसमा निर्भर देशबाहेक संसारमा अब कुनै पनि सहयोगीहरू छैनन् । ’

रुसले फेब्रुवरी २४ मा युक्रेनमा आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै स्वघोषित गणतन्त्रलाई मान्यता दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ